ADD FOR WEBSIDE ADD FOR WEBSIDE
वुमन्स एसिया कप :

मलेसिया विरुद्ध  थाईल्याण्ड ब्याटिङमा

शनिबार, साउन ५, २०८१

एजेन्सी : एसीसी महिला एसिया कप क्रिकेटमा अहिले मलेसिया र थाईल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।

श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला जारी खेलमा टस जितेको थाईल्याण्डले सुरुवाती ब्याटिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दा सम्म थाईल्याण्डले ७.२ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ५६ रन बनाएर खेलिरहेको छ । थाईल्याण्डका  नटय बुचथमले १८ तथा कप्तान  थिपाचा पुथावोङ ९ रन बनाएर आउट भएकी छन् । नान्नाफाट चैहानले खाता नै खोल्न सकिनन् ।  उसकालागि नन्नपत कोन्चारोएनकाई २७ रनमा खेलिरहेकी छन् ।

समुह "बी" मा रहेको दुवै टोली आज जित निकाल्दै एसियाकपमा सुखद् सुरुवात गर्न चाहान्छ । समहु "बी" अन्तर्गतकै अर्को खेलमा आजै घरेलु टोली श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली बीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ ।  

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्