ADD FOR WEBSIDE ADD FOR WEBSIDE

थाईल्याण्डले दियो मलेसियालाई १३४ रनको लक्ष्य

शनिबार, साउन ५, २०८१

एजेन्सी : एसीसी महिला एसिया कप क्रिकेटमा थाईल्याण्डले मलेसियासामु जितका लागि १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको थाईल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको गुमाएर १३३ रन बनायो ।

उसकालागि नन्नपत कोन्चारोएनकाईले सर्वाधिक ४० रनको योगदान गरिन् । फन्निता मायाले २९ तथा नटय बुचथमले १८ रन जोडिन् । कप्तान  थिपाचा पुथावोङ ९ रन बनाएर आउट भएकी छन् । नान्नाफाट चैहानले खाता नै खोल्न सकिनन् । 

समुह “बी“ मा रहेको दुवै टोली आज जित निकाल्दै एसियाकपमा सुखद् सुरुवात गर्न चाहान्छ ।

समहु “बी“ अन्तर्गतकै अर्को खेलमा आजै घरेलु टोली श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली बीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ ।  

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्