ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएल:

कोलकत्तासंग हार्यो मुम्बई, आज बैङलुरु र गुजरात भिड्ने

शनिबार, वैशाख २२, २०८१

काठमाण्डौ :इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स बिजयी भएको छ । शुक्रबार राती भएको खेलमा मुम्बई इण्डियन्सलाई २४ रनले हराउँदै काृलकत्ताले साँतौ जित निकालेको हो ।

जितका लागि १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा अलआउट हुँदै १४५ रनमा समेटियो । उसका लागि सूर्यकुमार यादबले सर्बाधिक ५६ तथा टिम डेविडले २४ रनको बनाएपनि अन्य ब्याटरले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् । त्यसअघि वाङ्खेडे स्टेडियम मुम्बइमा टस जितेर मुम्बई इण्डियन्सले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङमा तानिएको कोलकत्ता एक बल बाँकी छदैं अलआउट भयो ।

उसले १९.५ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १६९ रन जोड्यो । कोलकत्ताका वेंकटेश  अय्यरले सर्वाधिक ७० रन जोडे । ५२ बलका सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाएका छन् ।

मनिस पाण्डेय ४२ रन जोड्दै क्याच आउट भए । अंकृष्ण रघुवंशीले १३ रनको योगदान गर्दा रिंकु सिंह ९, सुनिल नरेन ८ र आन्द्रे रसेल ७ रन जोड्दै आउट भए । मिचेल स्टार्कले खाता नै खोल्न सकेनन् ।

जितसंगै दोस्रो स्थानको कोलकत्ताले १४ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार रोयल च्यालेन्जर्स बैङलुरु र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ  ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्