ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रुसी महिला भलिबल टोली नेपालमा 

शनिबार, साउन ५, २०८१

काठमाडौँ : नेपालसंग मैत्रीपुर्ण भलिबल खेल्न रुसी महिला भलिबल टोली नेपाल आईपुगेको छ ।

नेपाल भलिबल संघको आयोजनामा यहि साउन  ६ र ७ गते हुने दुई ओटा मैत्रीपूर्ण भलिबल खेल्न रुसी टोली शुक्रवार नेपाल आईपुगेको हो । नेपाल र रुसबीचको मेत्रीपूर्ण भलिबल त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा हुनेछ । उद्घाटन खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

नेपाली टोलीलाई कभर्ड हलमै उपस्थित भएर नेपाली टोलीलाई प्रोत्साहन र समर्थन गर्न नेपाल भलिवलसंघले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्