ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एसिया कप : थाईल्याण्डसंग मलेसिया पराजित 

शनिबार, साउन ५, २०८१

एजेन्सी :  एसीसी महिला एसिया कप क्रिकेटमा थाईल्याण्डले बिजयी सुरुवात गरेको छ ।

आज (शनिवार ) भएको खेलमा थाईल्याण्डले मलेसियालाई २२ रनले पराजित गर्दै एसियाकपमा सुखद सुरुवात गरेको हो । जितकालागि थाईल्याण्डले दिएको १३४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो । उसकालागि वान जुलियाले अर्धसतकिय पारी खेलेपनि जित दिलाउन सकिनन् ।

५३ बलको सामना गरेकी उनले ६ चौकाको मद्धतमा ५२ रन  जोडिन् । कप्तान विनिफ्रेड दुराईसिंगमले २२ रनको योगदान गरेपनि अन्य खेलाडीले दाहोरो अंकको रन बनाउन सकेनन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ अनिचा कम्चोम्फुले दुई विकेट लिईन् ।

त्यसअघि श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको थाईल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको गुमाएर १३३ रन बनाईन् ।

उसकालागि नन्नपत कोन्चारोएनकाईले सर्वाधिक ४० रनको योगदान गरिन् । फन्निता मायाले २९ तथा नटय बुचथमले १८ रन जोडिन् । कप्तान  थिपाचा पुथावोङ ९ रन बनाएर आउट भएकी छन् । नान्नाफाट चैहानले खाता नै खोल्न सकिनन् ।  जितसंगै थाईल्याण्ड २ अंक जोड्दै समुह "बी" को शर्षि स्थानमा उक्लिएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्