ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यु–२० काभा महिला भलिबल :

काभा महिला भलिबलमा नेपालको पहिलो जित

शनिबार, साउन ५, २०८१

काठमाडौँ : यु–२० काभा महिला भलिबलमा नेपालले पहिलो जित निकालेको छ ।

शनिबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै पहिलो जित निकालेको हो । माल्दिभ्सको राजधानी मालेस्थित सोसियल सेन्टर भेन्युमा भएको खेलमा नेपालले घरेलुटोलीमाथि ३–० को सोझो सेटमा जित निकालेको हो ।

नेपालले माल्दिभ्समाथि २५–१६,२५–९ र २५–१० को सहज जित निकालेको हो ।

पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपाल दोस्रो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजय भोगेको थियो । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्