ADD FOR WEBSIDE ADD FOR WEBSIDE
वुमन्स एसिया कप :

भारतले युएईसामु दियो २०२ रनको विशाल लक्ष्य

आइतबार, साउन ६, २०८१

एजेन्सी : एसिसी वुमन्स एसिया कप क्रिकेटमा भारतले युएईसामु जितका लागि २०२ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनायो । भारतका लागि कप्तान हरमनप्रीत कौर र ऋचा घोषले बिस्फोटक ब्याटिङ गरिन् ।

कौरले सर्वाधिक ६६ रनको योगदान गरिन् । ४७ बलको सामना गरेकी उनले ७ चौका र १ छक्का प्रहार गरिन् । ऋचा घोषले ६४ तथा शफाली वर्माले ३७ रन जोडिन् ।

कौरले टी–२० महिला क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो भारतीय खेलाडीको किर्तिमानी समेत बनाएकी छन् । उनले अहिले सम्म ३४१५ रन बनाएकी हुन् । दोस्रो स्थानकी स्मृती मन्धनाले ३३७८ रन बनाएकी छन् ।

समुह "ए" मा रहेको भारत आज लगातार दोस्रो जित निकाल्दै सेमिफाईनल सम्भावना वलियो बनाउन चाहान्छ ।

युएई पहिलो जित निकाल्न चाहान्छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो भने नेपालले युएईलाई हराएको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्