ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रुससंगको मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

आइतबार, साउन ६, २०८१

काठमाडौँ : रुससंगको मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा नेपाल रुसग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल रुससंग २५–१७ , २५–१९ र २५–१५ को सेटमा पराजित भएको हो ।

सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि तेस्रो सेटमा सुधारिएको प्रदर्शन गर्न सकेन । आजको खेलबाट नेपालका खेलाडी सुमित्रा रेग्मी र आरती सुवेदीले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिईन ।

नेपालले भोली (सोमवार) रुससंग दोस्रो तथा अन्तिम खेल खेल्नेछ । काठमाडौंमा हुने काभा महिला नेसन्स लिगको तयारीमा रहेको नेपाललाई रुससंगको खेल थप अभ्यास हुनेछ । दशरथ रंगशालाको कभर्डहलमा साउन २३ गतेसम्म चल्ने लिगमा नेपालसहित इरान, भारत, श्रीलंका र माल्दिभ्ससहित ५ देशले सहभागिता जनाउनेछ । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्