ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एशिया कप :

नेपालले दियो पाकिस्तानलाई १०९ रनको लक्ष्य 

आइतबार, साउन ६, २०८१

काठमाडौँ : एसीसी महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानसामु जितकालागि १०९ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको डम्बुला अन्तराष्ट्रिय रंगाशालामा टस होरेर सुरुवाती ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनायो । नेपालका लागि कबिता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रनको योगदान गरिन् ।

२३ बलको सामना गरेकी उाले ४ चौका र १ छक्का प्रहार गरिन् ।

सिता रानामगरले २६ तथा पुजवा महत्तोले २५ रन जोडिन् । कबिता कुँवर १३ रनमा आउट हुँदा रुबिना क्षेत्री ८ रन जोडिन् ।  बिग हिटर सम्झना खड्का ४ रनमा समेटिएकी छन् । कप्तान ईन्दु वर्माले खाता नै खोल्न सकिनन् । नेपाल आज लगतार दोस्रो जित निकाल्ने योजानमा रहँदा पाकिस्तान पहिलो जितको खोजिमा छ ।

आजै भएको पहिलो खेलमा भारतले यूएईलाई ७८ पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । जितका लागि २०२ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । उसका लागि काभिसा एगोडेजले नटआउट रहँदै सर्वाधिक ४० रन जोडिन् । यस्तै इशा ओजाले ३८ रन बनाइन् ।

यसअघिटस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षेतिमा २ सय १ रन बनाएको थियो । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्