ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाकिस्तानसंग नेपाल ९ विकेटले हार्‍यो

आइतबार, साउन ६, २०८१

काठमाडौँ : एसीसी महिला एशिया कप क्रिकेटमा नेपाल पराजित भएको छ ।

आईतवार साँझ भएको दोस्रो खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १०९ रनको सामान्य लक्ष्य पाकिस्तानले ११.५ ओभरमा मात्र १ विकेटको क्ष्तिमा भेटायो ।

पाकिस्तानको जितमा गुल फिरोजाले सर्वाधिक ५७ रनको योगदान गरिन् । मुनिबा अलीले अविजित ४६ रन बनाईन् । त्यसअघि श्रीलंकाको डम्बुला अन्तराष्ट्रिय रंगाशालामा टस होरेर सुरुवाती ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  

नेपालका लागि कबिता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रनको योगदान गरिन् ।२३ बलको सामना गरेकी उाले ४ चौका र १ छक्का प्रहार गरिन् ।सिता रानामगरले २६ तथा पुजवा महत्तोले २५ रन जोडिन् । कबिता कुँवर १३ रनमा आउट हुँदा रुबिना क्षेत्री ८ रन जोडिन् ।  बिग हिटर सम्झना खड्का ४ रनमा समेटिएकी छन् ।

कप्तान ईन्दु वर्माले खाता नै खोल्न सकिनन् । जितसंगै पाकिस्तानले २ अंक बटुल्दै समुह "ए" को दोस्रो स्थानमा उक्लिएको छ । समान अंकको नेपाल तेस्रो स्थानमा रहँदा खेलेका दुबै खेलमा जित निकालेको भारत ४ अंक सहित शिर्ष स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्