ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दोस्रो खेलमा पनि नेपाल रुससंग पराजित 

सोमबार, साउन ७, २०८१

काठमाडौँ : नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको रुससंगको दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेट नेपालले २५–१४ ले गुमाएपनि दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

दोस्रो सेट नेपालले २५–२३ ले गुमायो । तेस्रो सेट पनि नेपालले  २५–२३ ले गुमाउन पुग्यो ।

यसअघि हिजो भएको पहिलो खेलमा पनि नेपाल रुससंग ३–० को सोझो सेटमा पराजित भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्