ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रिमियर लिगमा एभर्टन र लुटनको बराबरी 

शनिबार, वैशाख २२, २०८१

काठमाण्डौःईङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लुटन टाउनबीचको खेल बराबरीमा रोकिएको छ । इङ्गल्याण्डको लुटनमा रहेको केनिलवर्थ रोड स्टेडियममा शनिबार बिहान भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अग्रता जोगाउन नसक्दा एभर्टनले बराबरीमा चित्त बुझाएको हो । खेलको २४ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग डि क्याल्भिन लुईनले एभर्टनलाई १–० को अग्रता दिलाएका थिए ।

त्यसको ७ मिनेटपछि खेलको ३१औँ मिनेटमा एलिजा आडेबायाको गोलमा लुटनले खेल १–१ को बराबरीमा पुर्यायो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन । दुबै टोलीले १/१ अंक बाँडे । बराबरीसंगै १५ औँ स्थानमा रहेको एभर्टनको ३७ अंक भएको छ । १८ औँ स्थानको लुटनको २६ अंक भएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्