ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एसिया कप :

बंगलादेशलाई हराउँदै भारत फाईनलमा

शुक्रबार, साउन ११, २०८१

एजेन्सी : भारतीय महिला क्रिकेट टोली एसिसी महिला एसिया कप क्रिकेटको फाईनलमा प्रवेश गरेको छ ।

शुक्रवार भएको पहिलो सेमिफाईनलमा बंगलादेशलाई १० विकेटले हराउँदै भारत फाईनलमा पुगेको हो । जितकालागि बंगालादेशले दिएको ८१ रनको सामान्य लक्ष्य भारतले विना विकेटको क्षतिमा ११  औँ ओभरमा  पुरा गर्यो ।

भारतको जितमा स्मृति मन्दनाले अर्धशतसकिय पारी खेल्दै सर्वाधिक ५५ रनको योगदान गरिन् । ३९ बलको सामना गरेकी उनले ९ चौका र १ छक्का प्रहार गरिन् ।शफाली वर्माले २६ रन जोडिन् ।

India-cricket-01-1721991878.jpg

त्यसअघि श्रीलंकाको डम्बुलामा टस जितेर पहिले ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो । उसकालागि कप्तान निगार सुल्तानले सर्वाधिक ३२ तथा स्वर्ण अख्तरले १९ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बंगलादेशलार्ई सस्तैमा समेट्ने क्रममा भारतका राधा यादब र रेणुका सिंले समान ३÷३ विकेट हात पारिन् । दोस्रो सेमिफाईनलमा आजै पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्