ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा भलिवलको ट्रफि सार्वजनिक

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ : काभा वुमन्स नेसन्स भलिबल लिगको तयारी  पुरा भएको छ ।

नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो । नेपालमा साउन १७ गतेदेखि शुरु हुने वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन गरिएको छ । एक सातासम्म चल्ने प्रतियोगिताको उद्धघाटन खेलमा नेपालले श्रीलकासंग प्रतिस्पर्धा गर्नेछ । सोही दिन भारत र इरानबीच पनि प्रतिष्पर्धा हुनेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले दोस्रो खेल साउन १८ गते भारत, तेस्रो साउन २० गते माल्दिभ्स तथा चौथो खेल साउन २१ गते इरानसंग खेल्ने तालिका छ ।

राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।

शुक्रवार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्