ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एसिया कप :

टस हारेको पाकिस्तान ब्याटिङमा

शुक्रबार, साउन ११, २०८१

एजेन्सी : एसिसी महिला एसिया कप क्रिकेटमा अहिले पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

श्रीलंकाको डम्बुला अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेको घरेलुटोली श्रीलंकाले पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले सुरुवाती ब्याटिङ गरिरहेको छ । दुवै टोली आज जित निकाल्दै फाईनल प्रवेश गर्ने योजनामा छ ।

आजै भएको पहिलो सेमिफाईनलमा बंगलादेशलाई १० विकेटछले हराउँदै भारत फाईनलमा पुगेको छ । जितकालागि बंगालादेशले दिएको ८१ रनको सामान्य लक्ष्य भारतले विना विकेटको क्षतिमा ११  औँ ओभरमा  पुरा गर्यो । भारतको जितमा स्मृति मन्दनाले अर्धशतसकिय पारी खेल्दै सर्वाधिक ५५ रतथा  शफाली वर्माले २६ रन जोडिन् ।

त्यसअघि श्रीलंकाको डम्बुलामा टस जितेर पहिले ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो । उसकालागि कप्तान निगार सुल्तानले सर्वाधिक ३२ तथा स्वर्ण अख्तरले १९ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बंगलादेशलार्ई सस्तैमा समेट्ने क्रममा भारतका राधा यादब र रेणुका सिंले समान ३÷३ विकेट हात पारिन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्