ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एसिया कप :

पाकिस्तानलाई स्तब्ध पार्दै श्रीलंका महिला एसिया कपको फाईनलमा

शुक्रबार, साउन ११, २०८१

एजेन्सी : पाकिस्तानलाई स्तब्ध पार्दै श्रीलंका एसिसी महिला एसिया कप क्रिकेटको फाईनलमा पुगेको छ ।

शुक्रवार भएको दोस्रो सेमिफाईनलमा पाकिस्तानलाई ३ विकेटलाई हराउँदै श्रीलंकाले भारतसंग उपाधि भिडन्त पक्का गरेको हो । जितकालागि पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी छँदै ७ विकेटको क्षतिमा पुरा गर्यो ।

श्रीलंकाको जितमा कप्तान चमारी अथपथुले सर्वाधिक ६३ रनको योगदान गरिन् । अनुष्का संजीवनले २४,कविशा दिल्हारीले १७ तथा हर्षिता समरविक्रमले १२ रन जोडिन् । त्यसअघि श्रीलंकाको डम्बुला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा तानिएको पाकिस्तानले निर्धारित ओभरमा ४  विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

पाकिस्तानकालागि मुनीबा अलीले सर्वाधिक ३७ रन जोडिन् । गुल फिरोजाले २५ तथा निदा डार र फातिमा सानाले समान २३/२३ रन बनाईन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २२:५६
प्रतिक्रिया दिनुहोस्