ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र श्रीलंकाबीचकोे टी–२० सिरिज आजबाट

शनिबार, साउन १२, २०८१

एजेन्सी : भारत र श्रीलंकाबीचको तीन खेलको टी–२० सिरिज आज (शनिवार)बाट सुरु हुँदैछ ।

यी दुई टोलीबीचको खेल नेपाली  समय अनुसार आँझ सवा ७ बजे सुरु हुनेछ । खेल पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । टी–२० सिरिजका तीनवटै खेल पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा मात्र खेलाईने तालिका छ ।

भारतीय टोलीको कप्तानी सूर्यकुमार यादवले सम्हाल्नेछन् । भारतीय तिब्र गतिका बलर मोहम्मद सिराज श्रीलंकाबीरुद्धको खेलमा फर्कने सक्ने सम्भावना छ । अभ्यासका क्रममा दाहिने खुट्टामा चोट लागेपछि उनी अहिले आराममा छन् ।

सिराजले टी–२० सिरिजको पहिलो खेल खेल्ने वा नखेल्ने भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।
हेड टु हेड : 
हेड टु हेडमा भारत अगाडी छ । भारत र श्रीलंकाबीच अहिलेसम्म् २९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा भारतले १९ खेलमा जित हासिल गर्दा श्रीलंकाले ९ खेल मात्रै जित्न सकेको छ ।

यसअघि भारत र श्रीलंकाबीचको टी–२० सिरिज जनवरी २०२३ मा खेलिएको थियो ।

जुन सिरिज भारतले २–१ ले जितेको थियो ।  टी–२० र एकदिवसीय शृङ्खला खेल्नका लागि भारतीय टोली श्रीलंकाको भ्रमणमा छ । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्