ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक :

यस्तो देखियो पेरिस ओलम्पिक (तस्वीर सहित)

शनिबार, साउन १२, २०८१

एजेन्सी : पेरिस ओलम्पिक २०२४ फ्रान्समा सुरु भएको छ ।

ओलम्पिक इतिहासमै पहिलो पटक समुन्द्रमा उद्धघाटन गरिएको यस ओलम्पिक फ्रान्सको सबैभन्दा प्रख्यात सेन नदीमा भएको हो ।  ३२ खेलमा ३ सय २९ स्वर्ण पदकका लागि १० हजार ७ सय १४ खेलाडीले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट समितिका अध्यक्ष थोमस बाख र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विश्वभरका १० हजार ५०० खेलाडीलाई पेरिसमा स्वागत गरेका थिए । एफिल टावरमा एउटा सुन्दर लाइट शो देखियो । अन्धकारको बीचमा हजारौं मानिसले यो लाइट शोको मजा लिएका छन् ।

यसअघि फ्रान्सका लिजेण्ड जिनेदिन जिदान र उनीपछि स्पेनका राफेल नाडालले ओलम्पिक टर्च हातमा लिएका थिए । पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोमा हलिउड सुन्दरी लेडी गागा, सेलिन डियोन र फ्रेन्च गायिका अया नाकामुराले आ–आफ्ना गीतहरु सुनाएर कार्यक्रममा रमाइलो गरेका थिए ।

एथलीट परेडका क्रममा धेरै पानी परेको थियो । तर पनि खेलाडीको उत्साह कम भएन ।

परेड सकिएपछि एकताको सन्देश दिई ओलम्पिक टर्च प्रज्वलन गर्दा ठूलो बेलुन हावामा रोकियो । यससँगै उद्घाटन समारोह सम्पन्न भएको छ । 
तस्वीरमा हेर्नुहोस पेरिस ओलम्पिक २०२४ :

as.jpeg-1722048420.jpg

GTbb0WwXEAAUE3Q.jpeg-1722048423.jpg

Here-they-come,-Team-France,-the-host-nation!.jpeg-1722048422.jpg

Look-closely-–-the-Trocadéro-stage-is.jpeg-1722048425.jpg

The-delegations-continue-to-travel-across-the-Seine!.jpeg-1722048428.jpg

Magnifique!.jpeg-1722048430.jpg

The-interpretation-of-the-Greek-God.jpeg-1722048433.jpg

Thomas-Bach,-President-of-the-International-Olympic-Committee.jpeg-1722048433.jpg

olympic-1722049353.jpg


 


 


 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्