ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ग्लोबल टी–२० लिग

सन्दीप र दिपेन्द्र आबद्ध भ्यानकुभरले बंगला टाइगर्सको सामना गर्दै 

शनिबार, साउन १२, २०८१

काठमाडौँ : क्यानडामा जारी ग्लोबल टी–२० लिगमा आज भ्यानकुभर नाइटस्ले वंगला टाइगर्सको सामना गर्दै छ ।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजेबाट सुरु हुनेछ। नेपालका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने र अलरान्डर दिपेन्द्रसिह ऐरी आवद्धभ्यानकुभर नाइट्सको यो दोस्रो खेल हो।पहिलो खेलमा भ्यानकुभर नाइट्स रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनलसँग आठ विकेटले पराजित भएको थियो।

दीपेन्द्र र रोहितले भने उक्त खेल भिसाको कारण गुमाएका थिए। यता बंगला टाइगर्स पनि आफ्नोदोस्रो खेल खेल्दै छ ।

यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा बंगला टाइगर्स मोन्ट्रियल टाइगर्ससँग ३३ रनले पराजित भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्