ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

नेपालका स्यान्टु श्रेष्ठ सेनेगलका खेलाडी इब्राहिमसँग पराजित

शनिबार, साउन १२, २०८१

काठमाडौँ : पेरिस ओलम्पिकमा नेपाली खेलाडी स्यान्टु श्रेष्ठ पराजित भएका छन् ।

शनिवार भएको टेबल टेनिसतर्फको पुरुष एकल तर्फको खेलमा श्रेष्ठ ४–० ले पराजित भएका हुन् । उनी सेनेगलका खेलाडी इब्राहिम डिएवसँग १२–१०, ११–३, ११–४ र ११–५ ले पराजित हुन पुगेको हो ।

हारसंगै श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाली टेबल टेनिसको इतिहासमा ओलम्पिक खेल्ने स्यान्टु पहिलो खेलाडी हुन् । उनले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएका थिए ।

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी समेत हुन् । 
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्