ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ग्लोबल टी–२० लिग

ग्लोबल टी–२० लिगमा सन्दीप लामिछानेले २ विकेट लिए

शनिबार, साउन १२, २०८१

एजेन्सी : क्यानडामा जारी ग्लोबल टी–२० लिगमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।

भ्यानकुभर नाइट्सबाट खेलिरहेका सन्दीप लामिछानेले वंगला टाइगर्स विरुद्धको खेलमा महत्वपूर्ण २ विकेट आफ्नो नाममा लेखाएका हुन् । ४ ओभर बलिङ गरेका लामिछानेले ३२ रन खर्चिएर २ विकेट लिएका थिए ।

क्यानाडाको सिसीए सेन्टर ब्राम्पटनमा टस जितेर भ्यानकुभरले फिल्डिङ रोजेपछि वंगला टाइगर्सले सुरुवाती ब्याटिङ थालेको थियो । भ्यानकुभरमा लामिछानेसंगै अलरान्डर दिपेन्द्रसिह ऐरी पनि आवद्ध छन् ।

पहिलो खेलमा भ्यानकुभर नाइट्स रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनलसँग आठ विकेटले पराजित भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्