ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–ट्वान्टी सिरिज:

टस जितेको वेष्टइण्डिज ‘ए’ ब्याटिङमा

शनिबार, वैशाख २२, २०८१

काठमाण्डौँ :नेपाल बिरुद्धको अन्तिम टी–ट्वान्टी सिरिजमा पाहुना टोली वेष्टइण्डिज ‘ए’ ले पहिले ब्याटिङ थालेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेको वेष्टइण्डिज ‘ए’ ले नेपाल बिरुद्ध पहिले ब्याटिङ थालेको  हो । वेष्टइण्डिज ‘ए’ ले त्रिवि मैदानमा लगातार चौथो पटक टस जितेको हो ।

एक खेल अगाबै सिरिज जितिसकेको वेष्टइण्डिज ‘ए’ चौथो जितको खोजिमा छ । नेपालका लागि भने शनिबारको खेल प्रतिष्ठाकालागि मात्रै हुनेछ ।पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेपनि त्यसपछिका कुनैपनि  खेलमा जित निकाल्न सकेन ।

बिहीबार भएको चौथो खेलमा पनि नेपाल पराजित भएपछि वेष्टइण्डिज ‘ए’ ले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

नेपाली टोलीमा आज दुई परिबर्तन भएको छ । ललित नारायण राजवंशीको स्थानमा सागर ढकाल तथा गुल्शन झाको स्थानमा अनिल शाहलाई स्थान दिईएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्