ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ग्लोबल टी–२० लिग

सन्दीप र दिपेन्द्र आवद्ध भ्यानकुभरको दोस्रो हार

आइतबार, साउन १३, २०८१

एजेन्सी : क्यानडामा जारी ग्लोबल टी–२० लिगमा भ्यानकुभर नाइट्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

शनिवार राती भएको खेलमा भ्यानकुभर, वंगला टाइगर्ससंग २२ रनले पराजित भएको हो । जितकालागि वंगलाले दिएको १५३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाउन सक्यो । हर्ष ठाकरले अविजित ७९ रन जोडेपनि जित निकाल्न भने सकेन । ड्वेन प्रिटोरियसले २९ तथा रीजा हेन्ड्रिक्सले १० रन जोडे । सन्दीप लामिछानले २ तथा दिपेन्द्र सिं ऐरीले १ रन जोडे ।

त्यसअघि क्यानाडाको सिसीए सेन्टर ब्राम्पटनमा टस जितेर भ्यानकुभरले फिल्डिङ रोजेपछिसुरुवाती ब्याटिङ थालेको वंगला टाइगर्सले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

भ्यानकुभर नाइट्सबाट खेलिरहेका सन्दीप लामिछानेले वंगला टाइगर्स विरुद्धको खेलमा महत्वपूर्ण २ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका लामिछानेले ३२ रन खर्चिएर २ विकेट लिएका थिए ।

पहिलो खेलमा भ्यानकुभर नाइट्स रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनलसँग आठ विकेटले पराजित भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्