ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारत विजयी

आइतबार, साउन १३, २०८१

एजेन्सी : श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा भारत विजयी  भएको छ ।

शनिवारबाट श्रीलंकामा सुरु भएकोे तीन खेलको टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले घरेलुटोलीमाथि ४३ रनको जित निकालेको हो । जितकालागि भारतले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा सवै विकेट गुमाउँर्दै १७० रनमा समेटियो ।

उसकालागि पथुम निसानकाले अर्धशतकिय पारी खेले । ४८ बलको सामना गरेका उनले ७ चौका र ४ छक्का हिर्काउँदै ७९ रनको पारी खेले । कुशल मेण्डिसले ४५ तथा कुशल परेराले २० रन जोडेपनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा रियान परागले सर्वाधिक ३ विकेट लिए । अक्षर पटेल र अर्शदिप सिंले समान २/२ विकेट हात पारे ।

त्यसअघि पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो र भारतकालागि कप्तान सूृर्यकुमार यादवले सर्वाधिक ५८ रनको योगदान गरे ।

ऋषभ पन्तले ४९,यसश्वी जैशवालले ४० तथा शुभमन गिलले ४० रन जोडे ।

जितसंगै भारतले श्रीलंकाबीरुद्धको ३ खेलको टी–२० सिरिजमा १–० को अग्रता बनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्