ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल पराजित

आइतबार, साउन १३, २०८१

एजेन्सी : पेरिस ओलम्पिकमा नेपालका अर्का खेलाडी पनि पराजित भएका छन् ।

नेपालका ब्याडमिन्टन खेलाडी  प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका हुन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग सोझो सेटमै पराजित भएका हुन् ।

प्रिन्स ८–२१ र ६–२१ स्कोर सहित सोझो सेटमा पराजित भए । पराजित भएपनि उनले बाँकी दुई ओटा खेल भने खेल्न पाउनेछन् । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स आयरल्यान्डका नियात नुयन ४३औं वरीयता र इजरायलका मिसा जिल्वरमन ५९औं वरीयता विरुद्ध खेल्नेछन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् । 

 यो पनि : नेपालका स्यान्टु श्रेष्ठ सेनेगलका खेलाडी इब्राहिमसँग पराजित

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्