ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

पदक तालिकामा चीनलाई अष्ट्रेलियाले उछिन्यो

आइतबार, साउन १३, २०८१

एजेन्सी : पेरिस ओलम्पिकको पदक तालिकामा चीन पछि परेको छ ।

आईतवार बिहानसम्मको अपडेट अनुसार अष्ट्रेलियाले पदक तालिकामा चीनलाई पछि पारेको हो । शनिवार राती सम्म ओलम्पिकमा पहिलो स्वर्ण जित्दै शिर्ष स्थानमा रहेको चीन आईतवारवाट पछि परेको हो ।

अष्ट्रेलियाले अहिले सम्म ३ स्वर्ण र २ काश्य सहित कूल ५ पदक जित्दै शिर्ष स्थानमा छ । दोस्रो स्थानको चीनले २ स्वर्ण र १ काश्य सहित कूल ३ पदक जितेको छ ।

तेस्रो स्थानको अमेरिकाले १ स्वर्ण,२ रजत र १ काश्य गरी कूल ५ पदक हात पारेको छ । चौथो स्थानको फ्रान्सले १ स्वर्ण,२ रजत र १ काश्य सहित कूल ४ पदक जितेको हो ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्