ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एसिया कप

भारतद्धारा श्रीलंकासामु १६६ रनको चुनौति

आइतबार, साउन १३, २०८१

एजेन्सी : एसीसी महिला एसिया कपको उपाधि जित्न भारतले श्रीलंकासामु १६६ रनको चुनौति पेश गरेको छ ।

श्रीलंकाको डम्बुला अन्तराष्ट्रिय क्रिकेट रंगाशालामा टस जितेर सुरुवाती ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनायो । भारतकालागि मन्दा स्मृतिले सर्वाधिक ६० रनको योगदान गरिन् ।

ऋचा घोषले ३० तथा जेमिमाह रोड्रिग्जले २९ रन जोडिन् । शफाली वर्माले १६ रन बनाईन् । भारत आँठौ पटक उपाधि जित्ने योजनामा छ । भारतले सन् २००४,२००५,२००६ ,२००८,२०१२,२०१६ र २०२२ मा उपाधि जितेको थियो ।

एसियाकपको नवौँ शस्करणमा आईपुग्दा  भारतले सात पटक उपाधि चुम्दा सन् २०१८ मा बंगलादेशले एक पटक उपाधि उचालेको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्