ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एसिया कप

एसिया कपको उपाधि श्रीलंकालाई 

फाईनलमा भारत ८ विकेटले पराजित 
आइतबार, साउन १३, २०८१

एजेन्सी : महिला एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ ।

आईतवार भएको फाईनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले ऐतिहासिक उपाधि उचालेको हो । जितकालागि भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर भेटायो । श्रीलंकाको जितमा हर्षिता समरविक्रमले सर्वाधिक ६९ रनको योगदान गरिन् । ५१ बलको सामना गरेकी उनले ६ चौका र २ छक्का प्रहार गर्दै अविजित ६९ रन बनाएकी हुन् । चमारी अथपथुले ६१ रन जोडिन् । ४३ बलको सामना गरेकी उनले ९ चौका र २ छक्का प्रहार गरिन् । कविशा दिल्हारीले ३० रन बनाईन् ।

त्यसअघि श्रीलंकाको डम्बुला अन्तराष्ट्रिय क्रिकेट रंगाशालामा टस जितेर सुरुवाती ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । भारतकालागि मन्दा स्मृतिले सर्वाधिक ६० रनको योगदान गरिन् । ऋचा घोषले ३० तथा जेमिमाह रोड्रिग्जले २९ रन जोडिन् । शफाली वर्माले १६ रन बनाएकी थिईन् ।  

भारतले यसअघि सन् २००४,२००५,२००६ ,२००८,२०१२,२०१६ र २०२२ मा उपाधि जितेको थियो । सन् २०१८ को एसिया कप बंगलादेशले उचालेको थियो । ९ बर्षपछि श्रीलंकाले पहिलो पटक एसिया कपको उपाधि उचालेको हो । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्