ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतलाई 

सोमबार, साउन १४, २०८१

एजेन्सी : श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतले जितेको छ ।

आईतवार राती भएको दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै भारतले एक खेल अगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । वर्षाका कारण प्रभावित खेलमा भारत डिएलस मेथर्डमा विजयी भयो ।

भारतले ८ ओभरमा ७८ रन बनाउनु परेको थियो । यस क्रममा यशस्वी जैसवालले १५ बलमा ३० रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । सञ्जु सैमसन शून्य रनमा आउट भए । कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । हार्दिक पाण्ड्याले अविजित २२ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पाण्ड्याले पनि २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । कुसल परेराले ५३ रनको उत्कृष्ट इनिङ्स खेले । कामिन्दु मेन्डिसले २३ रनको योगदान दिए ।

पथुम निसान्काले ३२ रनको इनिङ खेले । भारतका लागि बलिङका क्रममा रवि बिश्नोईले ३ विकेट लिए । अर्शदीप सिंह, अक्षर पटेल र पाण्ड्याले २–२ विकेट लिए । तीन खेलको टी–२० सिरिजमा भारतले २–० को अग्रता लिएको छ ।

शनिवारबाट श्रीलंकामा सुरु भएकोे तीन खेलको टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले घरेलुटोलीमाथि ४३ रनको जित निकालेको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्