ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ग्लोबल टी–२० लिग

सन्दीप र दिपेन्द्रले राम्रो खेलेपनि भ्यानकुभर पराजित

सोमबार, साउन १४, २०८१

एजेन्सी : क्यानडामा जारी ग्लोबल टी–२० लिगमा सन्दीप लामिछाने र दिपेन्द्र सिं ऐरी सम्मिलत भ्यानकुभर नाइट्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।

आईतवार राती भएको खेलमा भ्यानकुभर मोन्ट्रियल टाइगर्ससंग १० रनले पराजित भएको हो ।

जितकालागि मोन्ट्रियल टाइगर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । भ्यानकुभरका लागि रीजा हेन्ड्रिक्सले सवार्धधिक ३४ रनको योगदान गरे ।

ड्वेन प्रिटोरियसले ३१ तथा दिपेन्द्र सिं ऐरीले अविजित ३० रन जोडे । ३१ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । सन्दिप लामिछाने १ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको मोन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

बलिङतर्फ सन्दीप लामिछानेले एक विकेट लिए । 
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्