ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

जुडोकी मनिता श्रेष्ठले आज सर्वियन खेलाडीसंग प्रतिस्पर्धा गर्दै

सोमबार, साउन १४, २०८१

काठमाडौँ : पेरिस ओलम्पिकमा आज (सोमवार) नेपालकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्ने भएकी छन् ।

२५ बर्षिया प्रधानले  जुडोतर्फ ५७ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । उनले सर्बियाका मारिका पेरिसिकसंग उक्त तौल समुहमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । २४ बर्षीया सर्बियाका मारिकाले सन् २०२० युरोपियन जुनियर च्याम्पियनसिपमा महिला लाइटवेटमा स्वर्ण पदक जितेकी थिईन् ।

 पेरिसिकले २०२० ग्रीष्मकालीन ओलम्पिकमा महिला ५७ केजी तौल समूहमा भाग लिएकी थिईन् । तर त्यसबेला उनी दोस्रो चरणबाट बाहिरिएकी थिइन् । पाँचथरमा जन्मिएकी प्रधानले भने सन् २००९ बाट जुडो यात्रा तय गरेकी थिईन । सन् २०१६ माभारतको शिलङमा भएको दक्षिण एसियाली खेलकुदमा ५७ केजी समूहमा उनले रजत पदक जितेकी थिइन् ।

सन् २०१७ मा किर्गिस्तानको बिश्केकमा भएको ११ औं एसियाली क्याडेट र १८ औं जुनियर्स एसियाली जुडो च्याम्पियनसिपमा महिलातर्फ ५७  केजी तौल समुहमा उनले  कांस्य पदक जितेकी थिईन् ।

उनी मे २०१७ मा हङकङमा भएको एसियन जुडो च्याम्पियनसिपमा बाउट जित्ने पहिलो नेपाली महिला जुडो खेलाडी पनि हुन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्