ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एसएमएस फ्रेन्डसिप कपमा नेपाल ब्याटिङ गर्दै 

बुधबार, चैत २१, २०८०

काठमाण्डौ :भारतमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा नेपाल र गुजरातबीच प्रतिस्पर्धा भईरहेको छ । वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा जारी खेलमा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । नेपालले आज टोलीमा दुई परिवर्तन समेत गरेको छ ।

लगातार दुई खेल खेलेका दीपेन्द्र सिंह ऐरी र करन केसीले आज आराम पाएका छन् भने टोलीमा प्रतिश जिसी र विवेक यादवले उनीहरूको स्थान लिएका छन् । नेपाली टोली लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्