ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पेरिस ओलम्पिकमा नेपाल पदक बिहिन

मंगलबार, साउन १५, २०८१

एजेन्सी : पेरिस ओलम्पिकमा सहभागि देशहरुमध्ये नेपालमात्रै पदक बिहिन बनेको छ ।

ओलम्पिकमा सहभागि मध्ये यो समाचार तयारपार्दासम्म ३९ देशले पदक जित्दा नेपाल भने खाली हात बस्न परेको छ । अहिले सम्म १८ देशले स्वर्ण पदक जितेको छ । यो समाचार तयारपार्दा सम्म ६ स्वर्ण,२ रजत र ४ काश्य सहित कूल १२ पदक जितेको जापान पदक तालिकाको शिर्ष स्थानमा छ ।

५ स्वर्ण,८ रजत र ३ काश्यसहित १६ पदक जितेको आयोजक फ्रान्स दोस्रो स्थानमा छ । ५ स्वर्ण,५ रजत र २ काश्य सहित १२ पदक जित्दै चीन तेस्रो स्थानमारहेको छ ।  चौथो स्थानको अष्ट्रेलियाले ५ स्वर्ण,४ रजतसहित ९ पदक हात पारेको छ ।५ स्वर्ण,३ रजत र १ काश्य सहित ९ पदक जितेको दक्षिण कोरिया पाँचौ स्थानमा छ ।

३ स्वर्ण,८ रजत र ९ काश्यसहित २० पदक जितेको अमेरिका छैटौँ स्थानमा छ । सातै स्थानमो ब्रिटेनले २ स्वर्ण,५ रजत र ३ काश्यसहित १० पदक जितेको छ ।

२ स्वर्ण ,३ रजत र ३ काश्य सहित ८ पदक जितेको ईटाली ८ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्