ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र श्रीलंकाबीचको अन्तिम टी–२० सिरिज आज

मंगलबार, साउन १५, २०८१

एजेन्सी : भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टी–२० सिरिज आज हुँदैछ ।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे श्रीलंकाको पल्लेकेले अन्तराष्ट्रिय क्रिकेट रंगाशालामा सुरु हुनेछ ।  एक खेल अगावै सिरिज जितिसकेको भारत आज घरेलुटोलीलाई तेस्रो पटक हराउँदै सिरिज क्लीन स्वीप गर्ने योजनामा छ ।

श्रीलंकापनि आज भारतलाई हराउँदै सान्त्वना जित निकाल्न चाहान्छ । पहिलो खेलमा भारतले श्रीलंकाविरुद्ध ४३ रनको जित निकाल्दा दोस्रो खेल ७ विकेटले जितेको थियो ।

टी–२० सिरिज सकिएलगत्तै भारत र श्रीलंकाले शुक्रवारबाट एक दिवशीय सिरिज खेल्ने तालिका छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्