ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पौडीबाज एलेक्जेन्डरले तोडे किर्तिमान

मंगलबार, साउन १५, २०८१

एजेन्सी : नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह पेरिस ओलम्पिक्सको पहिलो चरणबाटै बाहिरिएका छन् ।

आज भएको  १ सय मिटर फ्री स्टाइलमा उनी ५९ औँ स्थानमा रहँदै बारिहएका हुन् । यससंगै नेपालबाट सहभागी सात मध्ये छ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् । पहिलो चरणबाटै बाहिरिए पनि उनले काफ्नो नाममा रहेको किर्तिमान भने भंग गरेका छन् । यसअघि एक सय मिटर फ्री स्टाइलमा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान राखेका एलेक्जेन्डरले  ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको किर्तिमान सुधार गरेका हुन् ।

तीन पटक वल्ड च्याम्पियनशीप र एक पटक एसियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी सीधै अमेरिकाबाट ओलम्पिक्समा भाग लिन पेरिस पुगेका थिए ।

यसअघि पौडी खेलाडी डुवाना लामा ,टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिन्टनका प्रीन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्