ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतलाई

घरेलु टोली सुपर ओभरमा पराजित 
बुधबार, साउन १६, २०८१

एजेन्सी : श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतले क्लीन स्वीप गरेको छ ।

मंगलवार राती भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई सुपर आभेरमा हराउँदै भारतले सिरिज क्लीन स्वीप गरेको हो । दुवै टोलीले निर्धारित २० ओभरमा आ–आफ्नो इनिङ्समा १ सय ३७ रन बनाएपछि खेलको नतिजा लिन सुपर ओभरको सहारा लिइएको थियो । सुपर ओभरमा भारतले श्रीलंकालाई २ रन मात्र बनाउन दिएको थियो ।

सुपर ओभरको पहिलो बलमै भारतले जित सुनिश्चित गरेको थियो । कुनै बेला श्रीलंकाले जितका लागि ३० बलमा ३० रन बनाउनु परेको थियो । तर भारतको डेथ बलिङले श्रीलंकाको ईनिङ तहस नहस बनाईदियो । भारतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।  जसमा शुभमन गिलले ३७ बलमा ३९ रनको इनिङ खेल्दै महत्वपूर्ण योगदान दिए । उनीबाहेक रियान परागले २६ रन र वासिङ्टन सुन्दरले २५ रनको योगदान दिए ।

भारतका लागि कप्तान सूर्यकुमार यादव र अनुभवी सञ्जु सैमसनले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । यशस्वी जैसवाल पनि १० रन बनाएर आउट भए । लक्ष्य पछ्याउन मैदान उत्रिएको श्रीलंकाले उत्कृष्ठ सुरुवात गरेको थियो । पथुम निसान्का र कुसल मेन्डिसले उत्कृष्ट सुरुवात गरेका थिए ।

यी दुईले ५८ रनको महत्वपूर्ण साझेदारी खेले । निसान्का आउट भएपछि कुसल मेन्डिस र कुसल परेराले श्रीलंकालाई जित तर्फ उन्मुख गराएका थिए । उनीहरुबीचको ५२ रनको साझेदारीले भारतीय टोली हारतर्फ उन्मुख थियो । तर १६औं ओभरमा रवि बिश्नोईले कुसल मेन्डिसको विकेट लिएर भारतले दबाबमा राख्न सफल भयो ।  

श्रीलंकाविरुद्धको खेलबाट बलिङमा डेब्यु गरेका रिंकु सिंहले लोभलाग्दाृ बलिङ गरे । करियरको दोस्रो बलमा उनले ४६ रन बनाएर खेलिरहेका कुसल परेराको विकेट लिए ।

सोही ओभरमा उनले रमेश मेन्डिसको विकेट लिएर भारतलाई खेलमा फर्काए । अन्तिम ओभरमा सूर्यकुमार यादवले ६ बलमा ६ रन जोगाउनु परेको थियो ।

सुर्यकुमार यादवले पनि लगातार २ बलमा २ विकेट लिए पनि अन्तिम बलमा दुवै टोली बराबरीमा रहे । पहिलो खेलमा भारतले श्रीलंकाविरुद्ध ४३ रनको जित निकाल्दा दोस्रो खेल ७ विकेटले जितेको थियो । श्रीलंकाले भारतसंग शुक्रवारबाट एक दिवशीय सिरिज खेल्ने तालिका छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्