ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा भलिबलमा सहभागि हुन सवै टोली नेपालमा 

बुधबार, साउन १६, २०८१

काठमाडौँ : काभा वुमन्स नेसन्स भलिबल लिगमा सहभागि हुने सवै टोली नेपाल आईपुगेका छन् ।

काभा वुमन्स नेसन्स भलिबल लिगको तयारी  पुरा भएको छ । बिहिवारबाट नेपालमा सुरु हुन लागेको नेसन्स भलिबल लिगमा सहभागि हुन ईरानको राष्ट्रिय महिला भलिवल टोली आज विहान नेपाल आईपुगेको नेपाल भलिवलसंघले जनाएको छ ।

हिजो बुधवार भारतीय टोली नेपाल आईपुगेको छ । हिजो नै श्रीलंकाको महिला टोली नेपाल आईपुगेको थियो । माल्दिभ्सको टोली पनि नेपाल आईपुगिसकेको छ । १७ गतेदेखि शुरु हुने वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन गरिएको छ । एक सातासम्म चल्ने प्रतियोगिताको उद्धघाटन खेलमा नेपालले श्रीलकासंग प्रतिस्पर्धा गर्नेछ ।

सोही दिन भारत र इरानबीच पनि प्रतिष्पर्धा हुनेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले दोस्रो खेल साउन १८ गते भारत, तेस्रो साउन २० गते माल्दिभ्स तथा चौथो खेल साउन २१ गते इरानसंग खेल्ने तालिका छ ।

राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् । 
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्