ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

प्रिन्स दाहाल पराजित

बुधबार, साउन १६, २०८१

एजेन्सी : नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् ।

समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भएका हुन् । १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भएका थिए ।

यसैगरी २० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए । समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए ।यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी ७ नेपाली खेलाडीमध्ये ६ जना प्रतियोगिताबाट बाहिरिएका छन् ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन् ।

अब नेपालकी सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्