ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा महिला नेसन्स भलिबल आजबाट

बिहीबार, साउन १७, २०८१

काठमाडौँ : काभा महिला नेसन्स लिग भलिबल आज (बिहिवार)बाट सुरु हुदैँछ ।

त्रिपुरेश्वर स्थित राखेपको कभर्ड हलमा आजबाट सुरु हुने लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । एक सातासम्म चल्ने प्रतियोगिताको उद्धघाटन खेलमा नेपालले श्रीलकासंग प्रतिस्पर्धा गर्नेछ ।

आजै भाारत र इरानबीच पनि प्रतिष्पर्धा हुनेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले दोस्रो खेल साउन १८ गते भारत, तेस्रो साउन २० गते माल्दिभ्स तथा चौथो खेल साउन २१ गते इरानसंग खेल्ने तालिका छ ।


राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले  तयारी राम्रो भएकाले नेपाल काभा महिला नेसन्स लिगको फाइनलमा पुग्ने बताएकी छन् ।

महत्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै नेपाल भलिबलसंघले १४ सदस्यीय टोलीको घोषणा गरिसकोको छ ।

 मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी छन् ।

यी दुईले रुससंगको मैत्रीपूर्ण खेल खेलिसकेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्