ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० वरीयतामा सिता रानाको छलाङ

बिहीबार, साउन १७, २०८१

काठमाडौँ : नेपालकी सीता राना मगरले आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयतामा पाँच स्थान सुधार गरेकी छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीता राना पाँच स्थान सुधार गर्दै ७७ औँ स्थानमा उक्लिएकी हुन् । रुबिना क्षेत्रीले पनि एक स्थान सुधार गर्दै ८५ औँ स्थानमा आइपुगेकी छिन् ।

महिला टी–२० वरीयताको ब्याटिङतर्फ अस्ट्रेलियाकी बेथ मुने शीर्ष स्थानमा यथावत् छिन् । महिला टी–२० वरीयताको अलराउन्डरतर्फ पनि सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् । उनी पाँच स्थान सुधार गर्दै ५३ औँ स्थानमा आइपुगेकी छिन् ।

यस्तै नेपालकी कप्तान इन्दु बर्मा एक स्थान सुधार गर्दै ६६ औँ स्थानमा आइपुगेकी छिन् । 

रुबिना क्षेत्री एक स्थान तल झर्दै ४९ औँ स्थानमा पुगेकी छिन् । यो वरीयतामा वेस्ट इन्डिजकी हेली म्याथ्युज शीर्ष स्थानमा यथावत् छिन्।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्