ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

खेलाडीले पदक भन्दा धेरै कण्डम पाएपछि ...

७५ प्रतिशत खेलाडी यौन गतिविधिमा संलग्न
बिहीबार, साउन १७, २०८१

एजेन्सी :  फ्रान्सको राजधानी पेरिसमा यतिबेला ओलम्पिक खेलकुदको महाकुम्भ चलिरहेको छ ।

यस पटक ओलम्पिकमा ३२ खेलमा ११ हजारभन्दा बढी खेलाडी सहभागी छन् । तर, यस ओलम्पिकमा अहिले पदकभन्दा बढी कण्डमको चर्चा चलिरहेको छ । सामाजिक सञ्जाल नै तातिने गरी भाईरल भईरहेको यो बिषयको वास्तबिकता के हो ?

 साँच्चै खेलाडीहरुले पदक भन्दा बढी कण्डम नै पाएका हुन् त ? आउनुहोस आज हामी यो बिषयको वास्तबिकता तपाईलाई बताउदैँछौ । 

बिभिन्न देशका खेलाडीहरु फ्रान्सको राजधानी पेरिस पुग्दा उनीहरूलाई आयोजकले भब्य स्वागत गर्दै एउटा स्वागत किट दिईएको थियो । मोवाईल र अन्य अत्यावश्यक वस्तुहरुबाहेक, यो किटमा कण्डम पनि थियो।

 यस पटक ओलम्पिक भिलेजमा करिब २ लाख ३० हजार कन्डम वितरण गरिएको रिपोर्टहरु सार्वजनिक भएका छन् । ओलम्पिकमा खेलाडीहरुलाई कण्डम दिइएको यो पहिलो पटक भने होइन । यसअघि पनि खेलाडीलाई कण्डम दिइृएको थियो । 

सन् १९८८ मा सियोल ओलम्पिकमा पहिलो पटक खेलाडीहरूलाई कण्डम वितरण गरिएको थियो । यसपछि धेरै ओलम्पिकमा खेलाडीहरूलाई कण्डम वितरण गर्न थालियो । सन् २०२१ मा कोरोना माहामारीले संसार थला पर्न थाल्दा पनि जापानमा टोकियो ओलम्पिक भने चलिरहेको थियो । त्यसबेला  पनि खेलाडीहरुलाई कण्डम वितरण गरिएको थियो । तर, त्यसबेला ओलम्पिक सुरु हुनु अघि नभई ओलम्पिक भिलेजबाट बाहिर निस्कँदा खेलाडीलाई कण्डम दिइएको थियो । 

खेलाडीलाई किन दिइन्छ कण्डम ?

तपाईलाई प्रश्न उठ्न सक्छ ? खेल्न गएक खेलाडीलाई खेल सामाग्री नदिई किन कण्डम दिनु पर्यो ? पक्कैपनि हो । ओलम्पिक आयोजकले खेलाडी र विश्वलाई एचआइभी र एड्सबारे सचेत गराउन भन्दै कण्डम बितरण गर्ने गरेका छन् ।

खेलाडीहरूलाई गम्भीर रोगहरूको खतराबाट जोगाउन चाहेको बताउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कण्डम बाड्ने गरेको बताउँछन् । ओलम्पिक खेलहरूमा सहभागि जनाउने खेलाडीहरू मध्ये ७५ प्रतिशत यौन गतिविधिमा संलग्न रहेको एक तथ्याङकले देखाएको छ । सन् २०२१ को ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खेलाडीहरूलाई एचआइभी र एड्सबारे सचेत गराउन कण्डम प्रयोग गर्नुको सट्टा आफ्नो देशमा प्रतीकका रूपमा लैजान आग्रह गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्