ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

पदक तालिकामा चीनको बर्चस्व कायमै

शुक्रबार, साउन १८, २०८१

एजेन्सी : पेरिस ओलम्पिकको पदक तालिकामा चीनको बर्चस्व कायमै छ ।

पहिलो पटक स्वर्ण पदक जितेर रेकर्ड बनाएको चीनले सर्बाधिक स्वर्ण जित्दै शिर्षस्थानमा पकड बनाएको हो । यो समाचार तयारपार्दा सम्म चीनले १२ स्वर्ण, ७ रजत र ७ काश्य सहित कूल २६ पदक जितेको हो ।

दोस्रो स्थानको अमेरिकाले ९ स्वर्ण,१६ रजत र १३ काश्यसहित ३८ पदक हात पारेको छ । आयोजक फ्रान्स तेस्रो स्थानमा छ । उसले अहिलेसम्म ८ स्वर्ण,११ रजत र ९ काश्य सहित २८ पदक हात पारेको छ ।

चौथो स्थानको अष्ट्रेलियाले ८ स्वर्ण,६ रजत र ५ काश्य गरी १९ पदक जितेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्