ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० सिरीज:

वेस्टइन्डिज ‘ए’बिरुद्ध नेपाल ६ विकेटले विजयी

शनिबार, वैशाख २२, २०८१

काठमाण्डौ :घरेलुटोली नेपालले वेस्टइन्डिज ‘ए’बिरुद्ध जित निकालेको छ । टी–२० सिरीज अन्तर्गत शनिबार भएको पाँचौ तथा अन्तिम खेलमा नेपालले ६ विकेटको जित निकालेको हो ।

जितका लागि वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा अनिल शाहले सर्बाधिक ५८ रनको योगदान गरे ।

आशिफ शेखले ५१ रन जोड्दा कुशल मल्ल ३७ रनमा अविजित रहे । त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको वेस्टइन्डिज ‘ए’ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । उसका लागि एलिक एथेनाजे नटआउट रहँदै सर्वाधिक ४२ रन जोडे ।  रोस्टन चेसले ३३ तथा म्याथ्यू फोर्डले २३ रनको योगदान गरे ।

जोन्सन चाल्र्सले २४ तथा म्याथ्यू फोर्डले २३ रन जोडे । बलिङतर्फ सागर ढकालल र सोमपाल कामीले समान ३/३ विकेट हात पारे । पहिलो खेलमा चार विकेटको जित निकालेपनि अन्य ३ खेलमा हार ब्यारेपछि सिरिज भने नेपालले गुमाईसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्