ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकाले दियो भारतसामु २३१ रनको चुनौति 

शुक्रबार, साउन १८, २०८१

एजेन्सी :  घरेलु टोली श्रीलंकाले एक दिवशीय सिरिजमा भारतसामु जितकालागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनायो । श्रीलंकाकालागि दुनिथ वेल्लागेले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६६ रनको योगदान गरे । ६५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रनमा अविजित रहे । पाथुम निसान्काले ५६ रन जोडे । ७५ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे । वानिन्दु हसरंगाले २४ रन जोडे ।

बलिङतर्फ अक्षर पटेल र अर्सदिप सिंले २/२ विकेट लिदाँ मोहम्मद सिराज,शिवम् दुवे,कुलदिप यादव र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए । भारतीय टोलीको कप्तानी रोहित शर्माले सम्हालेका छन् भने टि ट्वान्टी आईमा कप्तानी सम्हालेका सुर्यकुमार यादवलाई बिश्राम दिईएको छ ।

टि-ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा र विराट कोहली टोलीमा फर्किएका छन् । भारतीय टोलीको प्लेइङ इलेवनमा केएल राहुल र श्रेयस अय्यरले पनि स्थान बनाएका छन् ।

भारत र र श्रलिंकाबीच अहिलेसम्म १ सय ६८ ओडिआई खेल भएका छन् । जसमा भारत ९९ खेलमा विजयी हुँदा श्रीलंकाले ५७ खेलमा जित निकालेको छ ।

११ खेल नतिजाबिहिन रुपमा सकिँदा एक खेल बराबरमा रोकिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्