ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा महिला भलिबल नेसन्स

लगातार दोस्रो जित निकाल्दै भारत शिर्ष स्थानमा

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ : काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा भारतले लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो जित दर्ता गरेको हो । भारतले माल्दिभ्समाथि २५–६,२५–११ र २५–१० को सहज जित निकालेको हो । जितसंगै भारतले ६ अंक जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा भारतले ईरानलाई हराएको थियो ।

आजै भएको पहिलो खेलमा श्रीलंकालाई हराउँदै इरानले पहिलो जित निकालेको छ । इरानले श्रीलंकामाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।  यससँगै पाँच राष्ट्र सम्मिलित लिगमा समान दुई खेलबाट इरानले दुई अंक र श्रीलंकाले एक अंक जोडेको छ ।

राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।

 नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्