ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र श्रीलंकाबीचको खेल बराबरीमा सकियो 

शुक्रबार, साउन १८, २०८१

एजेन्सी : भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल बराबरीमा सकिएको छ ।

जिततर्फ लम्कँदै गरेको भारत अन्तिम दुई ओभरमा सम्हालिन नसक्दा जितिसेको खेल गुमाउन पुग्यो । चरित असालान्काले महत्वपूर्ण २ विकेट लिएपछि भारतको जितमा ब्रेक लाग्यो ।शुक्रवारबाट सुरु भएको पहिलो खेलमा जितकालागि घरेलु टोलीले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ४७.५ ओभरमा अलआउट हुँदै २३० रन मात्रै बनाएपछि खेल टाई भएको हो ।

भारतकालागि रोहित शर्माले सर्वाधिक ५८ रनको योगदान गरे । अक्षर पटेलले ३३ ,केएल राहुल ३१ , शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए । ब्याटिङ अर्डरमा चौथो नम्बरमा आएकाो वासिङ्टन सुन्दरले मात्र ५ रन बनाएर आउट भएका थिए । करिब ९ महिनापछि एकदिवसीय खेल्न मैदानमा आएका विराट कोहली पनि २४ रन मात्रै बनाउन सके । गौतम गम्भीर मुख्य प्रशिक्षक बनेपछि टोलीमा फर्किएका श्रेयस अय्यरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ।  

भारतलाई सस्तैमा समेट्ने क्रममा वानिन्दु हसरंगा र चरित असालान्काले सर्वाधिक ३/३ विकेट लिए ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो । श्रीलंकाकालागि दुनिथ वेल्लागेले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६६ रनको योगदान गरे । ६५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रनमा अविजित रहे ।

पाथुम निसान्काले ५६ रन जोडे । ७५ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे । वानिन्दु हसरंगाले २४ रन जोडे ।बलिङतर्फ अक्षर पटेल र अर्सदिप सिंले २/२ विकेट लिदाँ मोहम्मद सिराज,शिवम् दुवे,कुलदिप यादव र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्