ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स नेसन्स भलिबल

नेपालले आज भारतको सामना गर्दै

शनिबार, साउन १९, २०८१

काठमाडौँ : काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार घरेलुटोली नेपालले उपाधि दाबेदार भारतको सामना गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे हुने खेलमा नेपाल दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

भारत पनि आज नेपाललाई हराउँदै सेमिफाईनल सम्भावना बलियो बनाउन चाहान्छ । यसअघिका दुवै खेलमा भारतले जित निकालेको छ ।

दुबै टोलीबीचको यस खेललाई फाईनल भिडन्तका रुपमा हेरिएको छ ।

 राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् ।

उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।

नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्