ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स नेसन्स भलिबल

महिला भलिवल प्रशिक्षक भट्टलाई रातो कार्ड

शनिबार, साउन १९, २०८१

काठमाडौँ  : नेपाली राष्ट्रिय महिला भलिवल टोलीका प्रशिक्षक जगदिश भट्टले रातो कार्ड खाएका छन् ।

काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग भलिवल अन्तर्गत भारत विरुद्धको खेलमा रेफ्रिलाई जानकारी नदिई धेरै पटक खेलाडी परिवर्तन गरेपछि उनलाई रेफ्रिले रातो कार्ड देखाएका हुन् ।

पहिलो सेटमा भारतलाई १८–२५ ले पराजित गर्दै शनसनी जित निकाले नेपालले दोस्रो सेटमा भने सोचेजस्तो प्रदर्शन गनै सकेन । २४–१२ को अवस्थामा प्रशिक्षक भट्टले रातो कार्ड पाएलगत्तै भारतले स्वत दोस्रो जित निकालेको हो । नेपालले दोस्रो सेट १२–२५  ले गुमाएको हो । तेस्रो सेट भने नेपालले २५–१७ ले जितेको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्