ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स नेसन्स भलिबल

भारतमाथि नेपालको ऐतिहासिक जित

शनिबार, साउन १९, २०८१

काठमाडौँ : काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा आज भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दैै नेपालले ईतिहासमै पहिलो जित निकालेको हो ।

पहिलो सेटमा भारतलाई १८–२५ ले पराजित गर्दै शनसनी जित दर्ता गरेको नेपालले दोस्रो सेट भने १८–२५ ले गुमाउन पुग्यो । तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो पक्षमा पारेपनि चौथो सेट भारतले २५–१८ ले जित्दै खेल २–२ को बराबरीमा पुर्याएको थियो ।

पाँचौ तथा निर्णायक सेटमा नेपालले भारतमाथि  १५–१३ ले जित हात पारेको हो ।
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्