ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स नेसन्स भलिबल

नेपालले आज ईरानको सामना गर्दै

आइतबार, साउन २०, २०८१

काठमाडौँ : काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा आईतवार नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

यी दुई टोलीबीचको खेल  त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भएको दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलका साथ मैदान उत्रने छ । ईरानलाई हराएमा नेपाल शिर्ष स्थानमा रहँदै सेमिफाईनलमा पुग्ने छ ।

श्रीलंका  र भारतलाई हराएको नेपालले लिगचरणको अन्तिम खेलमा माल्दिभ्ससंग खेल्नेछ । नेपालसंग हारेपनि भारत ७ अंक सहित शिर्ष स्थानमा छ । ५ अंकको नेपाल दोस्रो स्थानमा रहेको छ ।

आईतवार नै हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । राखेपको कभर्डहलमा दिउँसो ३ बजे हुने खेलमा जितविहीन रहेका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।


 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्